दिपायल सिलगडी मेयरले चलाएको सरकारी गाडीको ठक्करबाट पैदलयात्री घाइते

  शनिबार २०, माघ २०८० २०:३१

धनगढी । कैलालीमा मेयरले चलाएको सरकारी गाडीको ठक्करबाट पैदलयात्री घाइते भएका छन । शनिबार साँझ भीमदत्त राजमार्ग अन्तरगत कैलालीको चुरे गाउँपालिका – ५ निङलाडीमा दिपायल सिलगडी नगरपालिकाका मेयर बाजी सिह खड्काले चलाएको गाडी (स्कारपियो) को ठक्करबाट एक जना घाइते भएका हुन ।

धनगढीबाट दिपायल जाँदै गरेको से १ ज ३१७ नम्बरको उक्त गाडीको ठक्करबाट चुरे गाउँपालिका – ५ का ५५ वर्षिय पदम सुनार घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते सुनारको टाउकोमा चोट लागेको र उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

clock शनिबार २०, माघ २०८० २०:३१

प्रतिक्रिया