प्रथम धनगढी कानुनी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एसपीए ‘ए’लाई

  शनिबार २०, माघ २०८० २०:२७

धनगढी । धनगढीमा प्रथम कानुनी हाजिरीजवाफ प्रतियोगिताको उपाधी एसपिए ‘ए’ ले हात पारेको छ । सुदूरपश्चिम मै पहिलोपटक गरिएको कानुनी हाजिरीजवाफ प्रतियोगिता उपाधी एसपिए ‘ए’ ले जितेको हो । 

यस्तै हाजिरीजवाफ प्रतियोगितामा सिसिएस प्लस टू द्वितीय, एक्सीस पल्स टु तृतीय र एसपिए ‘बि’ सान्त्वना जित्न सफल भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने समूहलाई मेडल प्रमाणपत्र सहित सुदूरपश्चिम ऐन संग्रह नामक पुस्तक वितरण गरिएको आयोजनाका संयोजक प्रविन चन्दले बताए ।

धनगढीको जन पुस्तकालयको सभाहलमा आयोजना गरीएको प्रतियोगिता बोलन्या थलिको आयोजनामा अमेरिकी कर्नर धनगढीको सहकार्य तथा डेनोभ इन्स्टिच्युटको प्रायोजकत्वमा गरिएको हो । 

clock शनिबार २०, माघ २०८० २०:२७

प्रतिक्रिया