भालुको आक्रमणबाट घाँस काट्दै गरेकी महिला घाइते

  शनिबार २०, माघ २०८० २०:१६

डोटी । जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ ।

शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका–२ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले जनाएका छन् । विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ । 

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय डोटीमा जंगली बँदेल र भालुको आक्रमणमा परी घाइते हुनेको संख्या बढ्दो छ । गत महिनामात्र केआईसिंह गाउँपालिकामा भालुको आक्रमणमा परी १ महिलाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

clock शनिबार २०, माघ २०८० २०:१६

प्रतिक्रिया