गोदावरीका विद्यार्थीलाई ग्यास सिलिन्डर आगलागीबाट जोगिन प्रशिक्षण

  शनिबार २०, माघ २०८० १५:५२

अत्तरिया । कैलालीको गोदावरीका विद्यार्थीलाई ग्यास सिलिन्डरमा आगलागी हुँदा जोगिने उपायका बारेमा प्रशिक्षण दिइएको छ ।

शनिबार स्काउटमा आवद्ध दुर्गालक्ष्मी नमूना मावि, एभरेष्ट एकेडेमी र लोटस आईका विद्यार्थीलाई नियमित क्रियाकलाप अन्तरगत ग्यास सिलिन्डरमा आगलागी हुदा निभाउने तरिका, प्राथमिक उपचार, उद्धार गर्ने तरिका सिकाइएको हो ।

स्काउट शिक्षक ललन प्रसाद चौवेले आपत विपदको समयमा कसरी जोगिने भनेर बालबालिकाहरूलाई प्रशिक्षण दिएको बताए ।

उनले स्काउटको उद्देश्य नै असल नागरिक उत्पादन गर्नु भएकाले यस्ता कार्यक्रम आयोजना गरिएको हो । उनले गोदावरीलाई आवश्यक पर्ने भोलेन्टियर तयार पार्नको लागि स्काउट लागिपरेको बताए ।

स्काउटले पढाइबाट बञ्चित नहुने गरी बिदाका दिन कार्यक्रम आयोजना गरिरहेको उनले बताए । शनिबार आयोजित कार्यक्रममा १५० जना विद्यार्थीको सहभागिता रहेको शिक्षक चौवेले बताए ।

clock शनिबार २०, माघ २०८० १५:५२

प्रतिक्रिया