बैतडीका ८० बालबालिकालाई कडा कुपोषण

  शनिबार २०, माघ २०८० १०:२३

बैतडी । बैतडीका ८० जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार चालुआर्थिक वर्षको हाल सम्म ५ वर्ष मुनिका १ सय जना कुपोषित बालबालिका भेटिएकामा ८० जनाका कडा खालको कुपोषण देखिएको हो ।

गत आर्थिक वर्षमा ३ सय ९९ जना बालबालिकामा कुपोषण भेटिएको स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति तिर्थ राज भट्टले जानकारी दिए ।

उनले कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्ने गरिएको बताए । जिल्लामा ३७ वटा स्वास्थ्य संस्थामा स्थापित उपचार केन्द्रबाट कुपोषित बालबालिकाको उपचार भैरहेको हो ।

स्वास्थ्य कार्यालय बैतडीले विगत भन्दा अहिले कुपोषित बालबालिकाको संख्या कम हुँदै गएको पनि जनाएको छ ।

clock शनिबार २०, माघ २०८० १०:२३

प्रतिक्रिया