कञ्चनपुरको पुनर्वासबाट भन्सार छलीका तोरी बरामद

  शनिबार २०, माघ २०८० ०९:०९

धनगढी । कञ्चनपुरबाट भन्सार छलीका तोरी बरामद गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-६ “ङ” गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको तोरी बरामद गरिएको हो ।

प्रहरीका अनुसार ४८ हजारको ६ क्विन्टल तोरी आज बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५९ हजार ६ सय १० मूल्यका प्याज, चिनी, साडी, कट्टु, नरिवल, पास्ता, कालो नुन लगायतका सामान बरामद गरेको छ ।

उता जोशीपुर गाउँपालिका–३ मनिकापुरबाट ७ हजार मूल्यका बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

clock शनिबार २०, माघ २०८० ०९:०९

प्रतिक्रिया