सुदूरपश्चिमबाट नेपाल छिरेका रसियन इन्डियामा पक्राउ

  शनिबार २०, माघ २०८० ०६:४०

धनगढी । इन्डियाबाट सुदूरपश्चिमको महेन्द्रनगर हुँदै नेपाल छिरेका एक जना रुसी नागरिक झापाबाट फेरि भारत छिर्ने क्रममा पक्राउ परेका छन्।

दुई महिनाअघि नेपाल छिरेका उनलाई फिरन्ते पाराले हिँड्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले झापाको सिमाना नजिकै समातेको हो।

एक साताअघि ती रुसी सतिघट्टा बिओपी नजिकैबाट भारत जाने क्रममा पक्राउ परेका हुन्। सुदूरपश्चिमबाट नेपाल छिरेका उनीसँग ९० दिनको भारतीय भीसा भए पनि पक्राउ परेका हुन्।

रुसी नागरिक भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पाए पनि स्थलमार्गबाट उता जान नपाउने भारतीय अध्यागमन नियम छ।

एक्लै हिँड्ने ती रुसी पर्यटकबारे स्रोतले भन्यो, ‘सित्तै खाएर घुम्ने योजनामा दुई महिना जति नेपालमा हिँडेको पाइयो। त्यसैगरी भारतमा पनि हिँड्ने प्रयोजनले सिमाना कटेको जस्तो देखिन्छ। भारतीय एसएसबीले पक्रेर प्रहरीलाई बुझाएपछि अहिले त्यसबारे उतै फलोअप भएको छ।’

clock शनिबार २०, माघ २०८० ०६:४०

प्रतिक्रिया