यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल

  शुक्रबार १९, माघ २०८० ०६:२२

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुरु हुँदैछ।

सुपर सिक्सका दुई खेल अगावै विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि यो अन्तिम खेल हो ।सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा नेपालका सुवास भण्डारीले सम्झन लायक बलिङ गर्दै ५ विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन र कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य ब्यासम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका विश्वकपमा नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भयो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । सनसनीपूर्ण बनेको अफगानिस्तानविरुद्धको खेलमा नेपालले एक विकेटको जित निकालेको थियो ।

clock शुक्रबार १९, माघ २०८० ०६:२२

प्रतिक्रिया