तेस्रो मुख्यमन्त्री कप : सुदूरपश्चिम, गण्डकी, आर्मी र एपीएफ विजयी

  सोमबार १५, माघ २०८० २१:०६

कञ्चनपुर । महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत सोमबारका खेलमा पनि विभागीय टोलीले विजयी यात्रा जारी राखेका छन् । विभागीय टोलीसँगै गण्डकी र सुदूरपश्चिम पनि विजयी भएका छन् । 

सोमबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । यसैगरि एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आर्मी र एपीएफले लगातार दोस्रो जित निकालेका हुन् ।

यसैगरी गण्डकीले मधेश प्रदेशलाई ३–० ले पराजित गर्‍यो । लुम्बिनी प्रदेशले बाग्मतीलाई ३–१ र आयोजक सुदूरपश्चिम प्रदेशले कर्णालीलाई ३–१ ले पराजित गर्‍यो । सुदूरपश्चिम र र्कााली प्रदेशबीच आइतबार खराब मौषमका कारण खेल स्थगित भएको थियो । उक्त खेल सोमबार पुनः खेलाइएको हो ।

सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो । माघ २० सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्धितीय हुनेले २ लाख र तेस्रो हुनेले १ लाख पुरुस्कार प्राप्त गर्नेछ । यसैगरि चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा तिन वटा विभागीय र ७ प्रदेशका गरि १० वटा टीमको सहभागिता रहेको छ । खेलाडीदेखि प्रशिक्षक र व्यवस्थापक सबैको बसोबासदेखि यातायात खर्च आयोजकले नै व्योहोर्नेछ ।

clock सोमबार १५, माघ २०८० २१:०६

प्रतिक्रिया