आईसिवाईसि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कोहिनुर स्पालाई

  सोमबार १५, माघ २०८० २०:५२

कञ्चनपुर । आईसिवाईसि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि धनगढीको कोहिनुर स्पाले हात पारेको पारेको छ । कञ्चनपुरको लालझाडी ५ देखतभुलीमा आईसिवाईसि क्लबले आयोजना गरेको छैटौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई हराउँदै धनगढीको कोहिनुर स्पाले हात पारेको हो । 

उपाधीसगै धनगढीको कोहिनुर स्पाले नगद १ लाख १ हजार १११ ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने आयोजक आईसिवाईसिले नगद ५५ हजार १५५ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

No description available.

खेलमा उत्कृष्ट खेलाडी कोहिनुरका करन पुरी, वेस्ट गोलकिपर कोहिनुर कै खम्व देउवा, उत्कृष्ट मिडफिल्ड आईसिवाईसिका ओम प्रकास चौधरी, उत्कृष्ट डिफेन्डर कोहिनुरका भुवन जोशी, वेस्ट स्कोरोर आयोजकका शैलेस बोहरा र उदयमान खेलाडी आयोजकका सिमान राना भए ।

आयोजक आईसिवाईसिलाई कोहिनुर स्पाले ३र२ गोलले पछि पार्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुवै टिमले बराबरी खेले पनि ट्राईबेकरमा आयोजकलाई पराजित गदै कोहिनुर स्पाले उपाधि हात पारेको हो । फाइनल खेलको म्यानअफ द म्याच कोहिनुर स्पाका गोलकिपर कुम्भ देउवा भए । 

No description available.

विजेता र उपविजेता दुवै टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ र लालझाडीका प्रमुख निर्मल रानाले वितरण गरेका थिए ।

clock सोमबार १५, माघ २०८० २०:५२

प्रतिक्रिया