मोहना सिँचाई आयोजनाको बाध र हेडवर्कको मन्त्री देउवाद्वारा निरीक्षण

  शनिबार १३, माघ २०८० २०:२६

धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले मोहना सिँचाई आयोजनाको बाध र हेडवर्कको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री देउवासहित स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुख सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

उक्त स्थलगत निरीक्षणमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट, कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १२  का वडा अध्यक्ष प्रेम बडैला, रबिन्द्र शाही, भिमबहादुर खडका र मोहन सिँचाई आयोजनाका प्रमुख र स्थानीय उपभोक्तासमेत रहेका थिए । 

निरीक्षणपछि मन्त्री देउवाले संस्थागत रुपले अगाडि बढेको सिँचाई आयोजना बर्सेनि नदिको कटान र बाधमा हुने क्षतिका कारण समस्या भइरहेको बताए । १२ महिना नै सिँचाई हुने अवस्था सिर्जना गर्ने वातावरण तयार गर्न आवश्यक कार्य मन्त्रालयले गर्ने मन्त्री देउवाको भनाई थियो । 

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १०,  ११ र १२ को करिब ३३ सय हेक्टर क्षेत्रफलमा सिँचाई गर्ने योजनाअनुसार मोहना सिँचाई आयोजना निर्माण गरिएको भए पनि हाल केही मात्र क्षेत्रफलमा सिचाई सुविधा दिँदै आएको छ । 

clock शनिबार १३, माघ २०८० २०:२६

प्रतिक्रिया