धनगढीमा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता हुँदै

  बिहिबार ११, माघ २०८० ०९:१७

धनगढी । धनगढीमा सुदूरपश्चिमाञ्चल क्याम्पसको विद्यार्थी परिषद्को आयोजनामा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

"स्वास्थ्य का लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"  भन्ने नाराका साथ माघ २२ गते देखि २५ गते सम्म भलिबल प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, द्वितीय हुनेले टिमले ५५ हजार ५५५, तृतीय हुने टिमले १२ हजार ५५५ र विधागत १२ हजार ५५५ रुपियाँ पुरस्कार पाउने सुदूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्का अध्यक्ष कृष्ण पुजाराले जानकारी दिए । 

उनका अनुसार माघ २० गते सम्म क्याम्पसहरूले टिम दर्ता गर्न सक्ने छन् भने टिम दर्ता गर्दा ७ हजार ५ सय शुल्क लाग्ने छ । 

May be an image of 8 people and hospital

clock बिहिबार ११, माघ २०८० ०९:१७

प्रतिक्रिया