धनगढीमा सरस्वती मावि मनेहराले जित्यो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

  सोमबार ०८, माघ २०८० २१:३३

धनगढी । धनगढी उपमहानगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले हात पारेको छ ।

प्रतियोगितामा १२ स्वर्ण सहित १२ रजत र ८ कास्य गरी ५७ पदक जितेर सरस्वती माविले उपाधि हात पारेको हो ।

प्रतियोगितामा त्रिनगर माध्यमि विद्यालय दोस्रो र एक्सिस विद्याश्रम हसनपुर तेस्रो स्थान हासिल गरेका छन् । त्रिनगरले ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदक जितेको छ । एक्सिस विद्याश्रमले ८ स्वर्ण, २ रजत ३ कास्य गरी १३ पदक जितेर तेस्रो स्थान हासिल गरेको हो ।

May be an image of 9 people

धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन कार्यक्रम गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै उप–प्रमुख रानाले विद्यालय स्तरबाटै हुने प्रतियोगिताले खेल क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताईन । उनले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको बताईन । 

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २५ सामुदायिक र १२ संस्थागत गरी ३७ विद्यालयको सहभागिता रहेको उनले बताईन ।

clock सोमबार ०८, माघ २०८० २१:३३

प्रतिक्रिया