शान्ति सुरक्षा कायम गर्न अछामको कमलबजारका चार हजार घरमा स्टिकर टाँसियो

  आइतबार ०७, माघ २०८० १३:४३

अछाम । गाँउवस्तीमा हुने अपराधिक घट्ना, दुर्घटना, अपराध, दैवी प्रकोपमा समयमै पुग्न सजिलो होस भन्ने उद्देश्यले अछामको कमलबजारस्थित ईलाका प्रहरी कार्यालयले हरेक घरमा स्टिकर टाँसेको छ ।

ईलाका प्रहरी कार्यालयले हालसम्म कमलबजार नगरपालिकाका ३ हजार ८९३ स्थानीयका दैलोमा स्टिकर टाँसेको जनाएको छ ।

प्रहरीले अछामको कमलबजार नगरपालिकाका प्रत्येक घरमा स्टिकर टाँसेर प्रहरीले गाउँघरमा हुने घट्ना, दुर्घटना, अपराधीक क्रियाकलाप, दैविप्रकोपका बारेमा समयमै सूचना दिन स्थानीय बासिन्दासंग आग्रह गरेको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले गाँउवस्तीमा हुने अपराधिक घट्ना, दुर्घटना, अपराध, दैवी प्रकोपमा समयमै पुग्न सजिलो होस भन्ने उद्देश्यले प्रत्येक घरमा स्टिकर टाँसिएको बताए ।

समयमा सूचना पाएमा प्रहरी तत्काल घट्नास्थलमा पुग्न सक्छ, र, अप्रिय घट्ना हुन नदिन प्रहरी समयमै परिचालन हुन सक्छ, प्रहरी निरीक्षक जोहारीले भने, कुनै पनि घट्ना हुदा समयै प्रहरी नपुगेको नागरिकले गुनासो नगरुन । यही उद्देश्यले  ईलाका प्रहरी कार्यालयको टेलिफोन नम्बर सहितको आवश्यक सूचना उल्लेख गरिएको स्टिकर प्रत्येक घरमा टाँसिएको हो ।

नागरिकसंग सहकार्य र संवाद बिना समाजमा शान्ति सुरक्षा कायम गर्न संभव छैन । यो अभियानले एकातिर प्रहरी र नागरिकका बीचमा सौहाद्र्ध सम्बन्ध र विश्वासको वातावरण सृजना गरेको छ, जोहारीले अर्कोतिर अपराधिक मनोबृतिका व्यक्तिहरुलाई निरुत्साहित गरेको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारले पुस १८ गतेदेखि स्थानीयको घर÷घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुरु गरेको थियो।

clock आइतबार ०७, माघ २०८० १३:४३

प्रतिक्रिया