बैतडीमा जोशीको हत्या गर्ने विष्ट पक्राउ

  सोमबार ०४, बैशाख २०८० १८:१०

धनगढी । बैतडीमा धारिलो हतियार प्रहार गरेर छिमेकीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २ बैशाखमा दोगडाकेदार गाउँपालिका–८ कालागाउँ बस्ने ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गर्दै हत्या गरी फरार भएका उनका छिमेकी २३ वर्षीय महेन्द्र विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका–८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेर जिल्ला ल्याइरहेको शाहीले बताए ।

जोशी शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्टले जोशीको हत्या गर्नुको कारण भने खुलेको छैन । उनलाई जिल्ला पुगाएपछि मात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्सक
clock सोमबार ०४, बैशाख २०८० १८:१०

प्रतिक्रिया