विश्वकपअघिको अभ्यास खेलमा नेपालको लगातार तेस्रो जीत

  आइतबार २९, पुष २०८० ०६:५९

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकपअघिको अभ्यास खेलमा लगातार तेस्रो जीत निकालेको छ । नेपालले शनिवार स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । 

जीतका लागि ११५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९–३ को अवस्थामा वर्षा भएको थियो । नेपालका अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्ड ४४.४ ओभरमा ११४ रनमा अल आउट भयो । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका गुलशन झा र तिलक भण्डारीले ३–३ विकेट लिए ।

नेपालले अन्तिम आधिकारिक अभ्यास खेल मंगलवार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघि खेलेका दुवै अभ्यास खेलमा जीत हासिल गरेको थियो ।

यसअघि नेपालले स्कटल्यान्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो । 

जनवरी १९ देखि फेब्रुरुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ छ । सो समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान पनि छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

clock आइतबार २९, पुष २०८० ०६:५९

प्रतिक्रिया