टेलिकमको कवाडमा करोडौंको घोटाला भएको खुलासा

  बिहिबार २६, पुष २०८० ०७:१०

धनगढी । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिमबाट तामाजन्य (कवाडी) सामानको लिलाम बिक्रिका क्रममा करोडौं रकम घोटाला भएको खुलेको छ । 

तीन दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दुर संचार कार्यालय गेटाबाट सामग्री लोड गरेर जाने क्रममा दुुई वटा लोड ट्रक नियन्त्रणमा लिएपछि अनियमितताको रहस्य सार्वजनिक भएको हो । 

नेपाल टेलिकमको दुुरसंचार कार्यालय गेटा गोदामबाट १५ हजार ६७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुुई वटै लोड ट्रकको कूल तौल ५१ हजार ८३५ किलो (५१.८३५ टन) देखिएको छ । 

दुुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको लोड ट्रक ईलाका प्रहरी कार्यालय  मालाखेतीबाट खटिएको टोलीले आइतबार गेटाबाट नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालयका एक जना प्रहरी अधिकृतका अनुसार उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७.८३५ टन) रहेको छ । 

गेटाबाटै समान लोड गरेर नेपालगञ्ज जादै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको हो । उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए ।  उक्त ट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । १२ चक्के खाली ट्रकको तौल अधिकतम १२ टन हुन्छ । त्यस हिसावले दुुई वटै खाली ट्रकको अधिकतम तौल २४ टन छ । टेलिकमको अभिलेखमा भने १५.६७९ टन मात्र उल्लेख छ । त्यस हिसावले १२.१५७ टन तामाजन्य सामान टेलिकमबाट अनियमितता भएर निकासी भएको देखिएको हो । यस कार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको आशंका रहेको सुरक्षा स्रोतका एक अधिकृतले बताए । यस बारेमा कैलाली प्रहरी स्पष्ट प्रतिक्रिया दिनबाट पन्छिदै आएको छ ।  

निर्देशनालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएसएल कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसग ठेक्का सम्झौता गरेको थियो । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैशवालले कारोबार हेर्ने गरेको निर्देशनालयका उप प्रबन्धक गोबिन्द सिंह धामीले  बताए ।

 निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता भएको छ । त्यस हिसावले १२.१५७ टन हिनामिना भएको देखिएको छ । उक्त परिमाणको खरिद मूल्य एक करोड तीन लाख ४३ हजार ४१८ रुपैया हुन आउछ । जो टेलिकमलाई नोक्सान हुने देखिएको हो । 

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका प्रमुख किशोर भट्टले आफ्नो कार्यालयका तर्फबाट कुनै त्रुटी नभएको दाबी गरेका छन् । ‘हाम्रो कार्यालयको कुनै त्रुुटी छैन, हामीमाथिको आरोपमा कुनै सत्यता छैन,’ भट्टले भने ‘कुनै तलमाथि नहोस् भनेर हामीले कार्यालयका तर्फबाट उप प्रबन्धक गोबिन्द सिंह धामीको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सबै हेर्ने संरचना बनाएका छौं ।’

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा तीन वटै सुुरक्षा निकायका प्रतिनिधि, प्राविधिक र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सम्मिलित छानवीन समिति गठन गरेको छ । ‘यस प्रकरणलाई मसिनो गरि अध्ययन हुुदैछ । कोही पनि उम्कन पाउदैन,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने ‘छानवीन समिति गठन गरेको छुु । यथासक्य चा“डो प्रतिवेदन दिन निर्देशन गरेको छुु ।’

clock बिहिबार २६, पुष २०८० ०७:१०

प्रतिक्रिया