कराँते खेलाडीलाई धनगढीमा सम्मान

  बुधबार २५, पुष २०८० १०:०५

धनगढी । स्वर्णपदक सहितका विभिन्न पदक जित्ने ९ जना कराँते खेलाडीलाई धनगढीमा सम्मान गरिएको छ । राष्ट्रिय गोजुरियो कराँते  दो संघ नेपाल, सुदूरपश्चिम प्रदेश गोजुरियो कराँते दो संघले ९ जना पदक विजेता खेलाडीलाई धनगढीमा सम्मान गरेको हो । 

सातौँ दक्षिण एसियाली करातेमा स्वर्ण पदक विजेता पुष्पा मडै, ९ औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता आनन्द कामी सहित सम्मानित भएका छन् । 

मडै १२ औँ राष्ट्रपति राष्ट्रिय कराँते  प्रतियोगितामा स्वर्ण विजेता हुन् भने ९ औँ बृहत् खेलकुद प्रतियोगितामा कांस्य पदक विजेता हुन् ।आनन्द  कामी १९ औँ एसियन सिनिएर कराँते प्रतियोगिताका नेपालको तर्फबाट सहभागी भएका थिए । 

९ औँ राष्ट्रिय कराँते प्रतियोगितामा दुई वटा कांस्य पदक विजेता गरिमा मल्ल, सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण विजेता प्रतीप बैजाली मगर, सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण विजेता आकाश सेजुवाल, सोही प्रतियोगितामा रजत विजेता छत्र थापा, सेनिया तिरुवा, खडक थामी मगर, र सिबु बोडलाई सम्मान गरिएको हो । मल्ल १९ औँ एसियन सिनिएर कराँते प्रतियोगिताका नेपालको तर्फबाट सहभागी भएकी थिइन् ।

कराँते खेलाडीहरूलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले देशको पदक जित्ने खेलाडीहरूलाई धन्यवाद दिएका थिए  । उनले राज्ये खेलाडीहरूको व्यवस्थापनमा चासो दिनु पर्नेमा जोड दिए। 

खेलकुद परिषद्मा आफू एक्लै ले केही गर्न नसक्ने भन्दै सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने सदस्य सचिव सिंहले बताए । उनले केही सुधारका सङ्केतहरू देखिएको भन्दै अझै खेलाडीले मेहनत गर्न पर्नेमा जोड दिए ।

केही दिन अघि सवारी दुर्घटना ज्यान गुमाएकी राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण पदक विजेता निता खड्काको परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको बताए। 

। राष्ट्रिय गोजुरियो कराँते  दो संघ नेपालका महासचिव तथा कार्यबहाक प्रमुख प्रशिक्षक प्रकाश चन्दले खेलाडीहरूको स्तर वृद्धिमा सरकारले सहयोग गरे सुदूरपश्चिमबाट राष्ट्रले थुप्रै अन्तर्राष्ट्रिय पदक जित्न सक्ने बताए । उनले सुदूरपश्चिममा कराँते  खेलकुदको विकासका लागि सरकारले पर्याप्त सहयोग गर्न नसकेको बताए ।  

अहिले पनि राष्ट्रिय स्तरमा सुदूरपश्चिम प्रदेशका थुप्रै खेलाडीले कराँते पदक जितिरहेको भन्दै सरकारले यथोचित सहयोग गर्न सके अझै पदक आउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय गोजुरियो कराँते  दो सङ्घका संस्थापक प्रमुख प्रशिक्षक रामचन्द्र सुवेदीले स्वर्ण पदक विजेता पुष्पा मडैलाई डब्लुकेफए अप्रुप कराँते ड्रेस उपलब्ध गराएका थिए । 

सम्मान कार्यक्रम सुदूरपश्चिम प्रदेश गोजुरियो कराँते दो सङ्घका सचिव तथा युवा परिषद् सदस्य छत्र रावलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्मानित खेलाडीहरूलाई सुदूरपश्चिम  प्रदेश उद्योग वाणिज्य सङ्घका कार्यकारी निर्देशक ज्योति भट्टले बधाई तथा शुभकामना दिएका थिए । 

clock बुधबार २५, पुष २०८० १०:०५

प्रतिक्रिया