स्टेपिङ स्टोन स्कुल जुनियर कपका भोलि सेमिफाइनलका खेल हुने

  शनिबार २१, पुष २०८० २०:२९

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा जारी स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा डिस्कभरी स्कुल, धनगढी नमूना मावि, विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन्।

आइतवार बिहान हुने पहिलो सेमिफाइनलमा डिस्कभरी स्कुल र धनगढी नमूना मावि तथा दिउँसो हुने अर्को सेमिफाइनलमा विद्याभूषण स्कुल र एरिष्टो स्कुल भिड्ने भएका छन्। यही पुस १४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागि १५ टोलीमध्ये यी चार स्कुल सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

प्रतियोगितामा फाइनल खेल सोमवार हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछन् भने उपविजेताले १५ हजार पाउनेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने आयोजक डिसिएका प्रबन्धक समुयल न्यौपानेले बताए।

clock शनिबार २१, पुष २०८० २०:२९

प्रतिक्रिया