क्रिकेट संघले सार्वजनिक गर्‍यो २०२४ को क्यालेन्डर (क्यालेन्डरसहित)

  बिहिबार १९, पुष २०८० १४:४५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

तालिका अनुसार नेपालले आईसीसी विश्वकप लिग–२, टी–२० आई सिरिज र ओडीआई सिरिजहरु खेल्ने छ। 

सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु छन्। 

नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्नेछ। 

त्यस्तै नेपालले २७ फेब्रुअरी ५ मार्च सम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। 

१९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ।

can-callender-1704357793.png

clock बिहिबार १९, पुष २०८० १४:४५

प्रतिक्रिया