भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा यथावत् रहने

  सोमबार १६, पुष २०८० ०६:३४

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटेर आएको छ। तर, नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ। तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।

निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ। निगमका अनुसार पहिलो वर्गअन्तर्गत धनगढी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ छ। तेस्रो वर्गअन्तर्गत दिपायल, काठमाडौँ र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ यथावत्  रहने छ।

clock सोमबार १६, पुष २०८० ०६:३४

प्रतिक्रिया