धनगढीमा लाइभ डेउडा हुने

  शनिबार १४, पुष २०८० १८:४०

धनगढी । धनगढीमा डेउडा संरक्षण प्रतिष्ठानको आयोजनामा पुस १५ गते बृहत् लाइभ डेउडा कार्यक्रम हुने भएको छ।

हाम्रो संस्कृति हाम्रो पहिचान हामीले नै बचाउनु पर्छ भन्ने उद्देश्यले पुस १५ को दिन धनगढी रंगशालामा डेउडा कार्यक्रम हुने भएको हो।

कार्यक्रममा करिब दुई हजारदेखि पाँच हजार मानिसको सहभागिता रहने डेउडा संस्कृति संरक्षण प्रतिष्ठान, सुदूरपश्चिम प्रदेशका अध्यक्ष ध्रुवबहादुर सिंहले बताए।

सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने प्रतिष्ठानका अध्यक्ष सिंहले बताए। डेउडा कार्यक्रममा स्थानीयलाई बढी प्राथामिकता दिइने आयोजकले जनाएको छ। 

लाइभ डेउडा कार्यक्रममा धनगढी उपमहानगरपालिकाका  विभिन्न १५ विद्यालयको पनि  सहभागिता रहने छ

clock शनिबार १४, पुष २०८० १८:४०

प्रतिक्रिया