फारवेष्ट पशुपति कपः उपाधिका लागि स्टार सिटी र ईलाईट बिच प्रतिस्पर्धा

  शनिबार १४, पुष २०८० ०६:३७

धनगढी । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । 

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको फाईनल खेलमा स्टार सिटी र ईलाईटले प्रतिस्पर्धा गर्ने छन् । 

छैटौ संस्करणको उपाधि भिडन्त धनगढी रंगशालामा दिउँसो २ बजे हुने क्लवका अध्यक्ष खेम रावतले जानकारी दीए ।  
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ । 
 

clock शनिबार १४, पुष २०८० ०६:३७

प्रतिक्रिया