नेपाल सुपर लिगको फाइनल खेल आज, उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

  शनिबार १४, पुष २०८० ०६:२९

काठमाडौँ । नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ ।  

धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।

ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौँ रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । 

clock शनिबार १४, पुष २०८० ०६:२९

प्रतिक्रिया