प्रधानमन्त्री कप क्रिकेट छनोट : उपाधि बझाङलाई

  शुक्रबार १३, पुष २०८० २०:१६

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ । उपाधिसँगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनोट हुन सफल भएको छ ।
    
प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा आज डोटीलाई छ विकेटले हराउँदै बझाङ छनोट भएको हो । जितका लागि पाएको ८६ एक सय रनको लक्ष्य बझाङले २९ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । त्यसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे । सनम खेलका म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । 
 
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटीले आठ विकेटको क्षतिमा एक सय ८५ रन बनायो । डोटीका खगेन्द्र जोशीले ६३ रनको पारी खेले । बझाङका  पारस रोकायाले दुई विकेट लिए । 

विजेता टोलीलाई दशरथचन्द नगरपालिकाका पूर्वनगरप्रमुख नरेन्द्रसिंह थापा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, उपाध्यक्ष लोकराज जोशी, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गरे । 

clock शुक्रबार १३, पुष २०८० २०:१६

प्रतिक्रिया