धनगढीको एक स्पोर्ट्स एकेडेमीले २ महिला खेलाडीलाई वार्षिक तबल दिने

  बिहिबार १२, पुष २०८० १५:४५

धनगढी । कैलालीस्थित धनगढीको एक स्पोटर््स एकेडेमीले २ महिला खेलाडीलाई वार्षिक तलब दिने भएको छ। हालै स्थापना भएको अलस्टार्स स्पोर्ट्स एकेडेमीले विपन्न दुई महिला फुटबल खेलाडीलाई तलब दिने भएको हो। धनगढीमा आयोजित एक कार्यक्रमका बीच एकेडेमीले दुई जना महिला फुटबल खेलाडीलाई वार्षिक जनही ४० हजार तलब दिने बताएको छ।

अलस्टार्स स्पोर्ट्स एकेडेमीले आर्थिक अवस्था कमजोर रहेका महिला फुटबल खेलाडी बिर्सना चौधरी र गोमा रोकायालाई जनही ४० हजार वार्षिक रूपमा दिने गरी सम्झौता गरेको हो। एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्की तथा महिला फुटबल खेलाडीद्धय विर्सना र गोमाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।

स्पोर्टस एकेडेमीले हालै चितवनमा भएको राष्ट्रिय महिला जेसिज कपको उपाधि समेत जितेको छ। फुटबलमा राम्रो क्षमता भएका तर आर्थिक अवस्था कमजोर रहेका अन्य महिला फुटबल खेलाडीहरुलाई आगामी दिनमा सम्झौता गर्दै जाने अलस्टार्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्कीले जानकारी दिए।

वार्षिक रुपमा प्राप्त हुने रकमले पठन पाठन तथा घरायसी खर्च चलाउन सहज हुने खेलाडीहरूले बताएका छन्। उनीहरुले सो रकमले घर चलाउन र पठनपाठनमा सहयोग गर्दा आफुहरूलाई फुटबलमा आप्mनो क्षमता देखाउनका लागि मदत्त मिल्ने बताएका छन्।

clock बिहिबार १२, पुष २०८० १५:४५

प्रतिक्रिया