सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

  बिहिबार १२, पुष २०८० ०९:०६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज बिहीबार पनि सुनुवाइ हुँदैछ । बुधबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।

बिहीबार सन्दिपको तर्फबाट ६ जना वलिकहरुले बहस गर्नुहुनेछ । उनको एक जना वकिल मुरारी सापकोटाले भने बुधबारनै बहस गरिसक्नुभएको छ ।


जाहेरवाला र सरकारी वकिलको बहस हिजो सकिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट मुद्दामा सुनुवाइ भइरहेको छ ।

सन्दीपका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ भने जवाफी बहस सकिएपछि न्यायाधीशबाट फैसला आउनेछ ।

गत वर्ष भदौ ५ गते सन्दीपले एक किशोरीलाई बलात्कार गरेको आरोपमा गौशाला प्रहरीमा जाहेरी दिइएको थियो ।

clock बिहिबार १२, पुष २०८० ०९:०६

प्रतिक्रिया