नेपाल सुपर लिगको फाइनलमा पुग्न आज ललितपुर र पोखरा खेल्दै

  बिहिबार १२, पुष २०८० ०६:५९

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो।

पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै,  उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । 

clock बिहिबार १२, पुष २०८० ०६:५९

प्रतिक्रिया