फारवेष्ट पशुपतिकपः बीएस १५ र इलाइट युवाक्लब सेमिफाइनलमा

  बुधबार ११, पुष २०८० २०:३३

धनगढी । कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपतिकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। बुधवार भएको अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस १५ युवाक्लब र इलाइट युवाक्लबले जितनिकालेपछि अन्तिम चारमापुग्ने टोलीको टुङ्गो लागेको हो।

स्टार सिटी र आयोजकफारवेष्ट पशुपतियुवाक्लब यस अघि नै सेमिफाइनलपुगिसकेका छन्। बुधवार दिनको पहिलो तथा तेस्रो क्वाटर फाइनल खेलमा बीएस १५ युवाक्लबले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षितग¥यो। बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १–१ गोल गरे। खेलको १३ औँ मिनेटमा हरिस कडायतको गोल मार्फत अग्रता बनाएयो।

बीएसका विरुद्ध सुदूरपश्चिमका फागुराम चौधरीले त्यसको ४ मिनेट पछि गोल फर्काएर खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ को बराबरीमा सकिँदा दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले गरेको गोल निर्णायक भयो। खेलको म्यानअफदीम्याच हरिस कडायत चुनिदा उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे।

बुधवारको दोस्रो र अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवाक्लबले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशमाथि ५–१ गोल अन्तरको फराकिलो जितदर्ता ग¥यो। इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे। खेलको ३५ औँ मिनेटमा टिमलाई विनोद केसीले थप एक गोलको योगदान गरेपछि पहिलो हाफमा नेपालप्रहरीको टिम ३–० गोल अन्तरले पछि प¥यो। दोस्रो हाफको ९ औँ मिनेटमा विनोदले आफ्नो ह्याट्रिक पुरा गरे। दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका अनुज गैरेको गोल मार्फत फराकिलो अग्रताबनाएको टिम विरुद्ध नेपालप्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औँ मिनेटमा १ गोल फर्काए पनि त्यसपछिको खेल गोलरहित सकिँदा इलाइट फराकिलो जितसहित सेमिफाइनलपुगेको हो। खेलको म्यानअफदीम्याच ह्याट्रिक ब्वाय विनोद घोषित भए।

प्रतियोगितामा बिहीवार सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ मध्यान्ह १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिउसो २ बजे आयोजकफारवेष्ट पशुपतियुवाक्लब र इलाइट युवाक्लब भिड्नेछन्। शनिवार फाइनल खेल हुने छ।

clock बुधबार ११, पुष २०८० २०:३३

प्रतिक्रिया