नेपाल सुपर लिगको इलिमिनेटरमा काठमाडौँ  र ललितपुर खेल्दै

  मङ्गलबार १०, पुष २०८० १०:१६

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविका विजेता काठमाण्डौ रेजर्स र ललितपुर सिटी खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

हिजो भएको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा पुग्यो । अब आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्नेछ । क्वालिफायर–२ पर्सि बिहीवार र फाइनल खेल शनिवार हुनेछ ।

clock मङ्गलबार १०, पुष २०८० १०:१६

प्रतिक्रिया