बाजुरामा झडप भएपछि हवाई फायर

  आइतबार ०५, चैत २०७९ १५:५६     विश्वास खबर
बाजुराको बुढीनन्दा क्याम्पसमा झडप पछि खटिएका सुरक्षाकर्मी

बाजुरा । बाजुरामा विद्यार्थी संगठनहरुबीच झडप भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको हो।

नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको छ।

स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले बताए।

मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर गरेको उनले बताए। बोहोराले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए। दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।

clock आइतबार ०५, चैत २०७९ १५:५६     विश्वास खबर

प्रतिक्रिया