धनगढीका होटेलमा प्रहरीको छापा, २ युवकसहित ५ युवती पक्राउ

  सोमबार ०९, पुष २०८० ०६:५१

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाका दुई होटेलमा अनैतिकता क्रियाकलाप भइरहेको फेला पारेको छ ।

धनगढीको वडा प्रहरी कार्यालयले आइतबार धनगढी–७ मनेहरामा रहेको ब्ल्याक स्टोन कटेज र धनगढी–३ मिलनचोकमा रहेको होटेल रारामा छापा हान्दा यौन धन्दा भइरहेको पाइएको हो । 

प्रहरीले कटेजका सञ्चालक २९ वर्षीय हर्क विष्टसहित अर्का एक पुरुष र २ महिलालाई समातेको छ । 

त्यस्तै रारा होटेलबाट अनैतिकता क्रियाकलापमा संलग्न तीन महिलालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ ।

clock सोमबार ०९, पुष २०८० ०६:५१

प्रतिक्रिया