पेनाल्टी सुट आउट प्रतियोगितामा सिंह जनरल स्टोर विजयी

  शनिबार ०७, पुष २०८० २०:५९

धनगढी । धनगढी होलसेल व्यवसायी संघले आयोजना गरेको तेस्रो कर्मचारी मैत्री पेनाल्टी सुट आउट प्रतियोगितामा सिंह जनरल स्टोर विजयी भएको छ।

शनिवार धनगढी–७ मनेहरास्थित कालिका मन्दिर नजिकै रहेको फुटबल मैदानमा भएको प्रतियोगितामा सहभागी २० टीममध्ये  सिंह जनरल स्टोरले प्रथम स्थान हासिल गरेको हो।

यस्तै, पेनाल्टी सुट आउट प्रतियोगितामा एबिआर इन्टरप्राइजेज द्वितीय र न्यू सुधा ट्रेडर्स एण्ड सप्लायर्सले तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगितामा सिंह जनरल स्टोरका तिलक चौधरी उत्कृष्ट गोलरक्षक भएका थिए भने एबिआर इन्टरप्राइजेजका मनोज चौधरी उत्कृष्ट गोलकर्ता भएका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः२१ हजार, १४ हजार र ७ हजार नगदसहित ट्रफी प्रदान गरिएको धनगढी होलसेल व्यवसायी संघका महासचिव यमनाथ सिग्देलले बताए।

clock शनिबार ०७, पुष २०८० २०:५९

प्रतिक्रिया