यस्तो छ आज दिनभरको मौसम

  शुक्रबार ०६, पुष २०८० ०६:४६

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञना विभाग, मौसम पूर्वानुमान महााशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

‘अहिले सबै प्रदेशमा बादल लागेको अवस्था छ। लुम्बिनी, गण्डकी, बागमतीमा अलि बढी बादल लागेको अवस्था देखिन्छ। आज दिनैभरि आंशिक बदलीकै अवस्था रहनेछ,’ मौसमविद् रोजन लामिछानेले सेतोपाटीसँग भने।

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

clock शुक्रबार ०६, पुष २०८० ०६:४६

प्रतिक्रिया