गड्डाचौकीका इन्चार्ज ठकुराठीसहित १६ पुलिस जिल्ला तानिए

  बिहिबार ०५, पुष २०८० २०:५५

कञ्चनपुर । कञ्चनपुरमा इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्जसहितका १६ जना प्रहरी जिल्ला तानिएका छन् ।

भारतबाट सामान क्यारिङ गर्ने महिला तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक (सई) दिग्गज ठकुराठीसहितका १६ प्रहरीलाई बुधबार राति जिल्ला तानिएका हुन् ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरुबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इन्चार्जसहितको सिङ्गो टिमलाई नै जिल्ला तानिएको बताए ।

उनकाअनुसार उनीहरुमाथि अनुचित लाभ लिए÷नलिएको विषयमा अनुसन्धान हुनेछ । एसपी थापाले विगतदेखि नै इप्रकाका प्रहरीबारे गुनासा आइरहेको र सन्तोशजनक काम नदेएिको कारण पनि फेरिएको दाबी गरे ।

बुधबार राति नै ठकुराठीको ठाउँमा प्रहरी वरिष्ठ नायब निरीक्षक९सई० महेन्द्रसिंह थापालाई इन्चार्जको जिम्मेवारीसहित १६ जना प्रहरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी पठाइएको छ ।

clock बिहिबार ०५, पुष २०८० २०:५५

प्रतिक्रिया