नेपाल तरुण दल कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी खड्कालाई 

१० माघ २०७९, मङ्गलवार

धनगढी, १० माघ । नेपाल तरुण दल कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नीराजन खड्कालाई दिइएको छ । नेपाल तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बम जनप्रतिनिधिमा निर्वाचित भएपछि खड्कालाई जिम्मेवारी दिइएको हो । 
 
कैलाली गाउँपालिका वडाध्यक्ष र काँग्रेस कैलाली जिल्ला कार्यसमितिमा निर्वाचित भएपछि तरुण दलमा समय दीन नसक्ने भन्दै खड्कालाई जिम्मेवारी दिएका हुन ।  
 
जिल्ला अध्यक्षको जिम्मेवारी पाएपछि खड्काले तरुण दलको काम उचाइमा रहने गरी काम गर्ने बताए । उनी विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएका छन् । 
 

Share This:
No News Were Available