प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि : पहिलो पटक राउन्ड रोबिनका आधारमा हुँदै

  बिहिबार ०५, पुष २०८० ०९:२१

काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो ।

यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् । 

कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार दुई दिन खेलपछि एक दिन विश्राम हुनेछ । सबै खेलहरु बिहान साढे ९ बजे र दिउँसो सवा एकमा शुरु हुनेछन् ।

clock बिहिबार ०५, पुष २०८० ०९:२१

प्रतिक्रिया