अपराजित धनगढीलाई हराउँदा झापाको प्लेअफ सम्भावना कायमै

  बुधबार ०४, पुष २०८० १९:३२

काठमाण्डौ । धनगढी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) मा प्लेअफ सम्भावना कायमै राखेको छ ।

आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरे । झापाका कप्तान अञ्जन विष्टले खेलको ५३ र समिराज थोकरले ७७ मिनेटमा गोल गरे ।

यो जितसँगै झापा ७ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । यो हारसँगै धनगढीको अपराजित यात्रा सकिएको छ । धनगढी ७ खेलमा १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि हिजो मङ्गलवार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिगको प्लेअफमा पुगेको थियो ।

clock बुधबार ०४, पुष २०८० १९:३२

प्रतिक्रिया