नेपाल सुपर लिग : काठमाडौं र धनगढी बराबरीमा टुंगियो

  मङ्गलबार ०३, पुष २०८० ०६:१९

काठमाडौं । काठमाडौं रेजर्स र धनगढी एफसीले सोमबार नेपाल सुपर लिग २०२३ मा रोमाञ्चक बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । यो खेल पछिल्लो संस्करणको फाइनल पुनरावृत्तिका रूपमा भएको हो ।

धनगढीका लागि अहमद हिजाजीले १५ औं मिनेटमा गरे । काठमाडौंका डिफेन्डर आन्द्रेस निआले गरेको भुलमा बल लेवानानी फरवार्ड हिजाजीले नियन्त्रणमा लिँदै गोल गरे ।

दोस्रो हाफको ६६औं मिनेटमा काठमाडौंका लागि किंगु ओलिभरले हेडबाट गरे । उनले टोजी डिनोभको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

शीर्ष स्थानमा रहेको धनगढीको यो नतिजापछि ६ खेलबाट १२ अंक भएको छ । काठमाडौं भने ६ खेलबाटै ९ अंकमा चौथो स्थानमा छ ।

clock मङ्गलबार ०३, पुष २०८० ०६:१९

प्रतिक्रिया