नेपाल सुपर लिगः आज धनगढी र काठमाडौँ भिड्ने

  सोमबार ०२, पुष २०८० ०९:०९

धनगढी । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। 

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा रहेको छ।

जारी लिगमा आज धनगढीले र काठमाडौँले छैटौँ खेल खेल्दैछन्। अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ। 

धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ। यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ।

clock सोमबार ०२, पुष २०८० ०९:०९

प्रतिक्रिया