४ माघ २०७९, बुधवार
डोटी, ४ माघ । डोटीको शिखर नगरपालिकाले सहरी स्वास्थ्य केन्द्रहरूलाई ल्यापटप वितरण गरेको छ । सहरी स्वास्थ्य केन्द्रमा परीक्षण भएको रिपोटहरू पालिका छिटो छरितो पठाउन सहज होस भनेर ल्यापटप वितरण गरेको हो ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले स्वास्थ्य केन्द्रहरूलाई ल्यापटप वितरण गरेको हो । पालीका भित्र रहेका वडा नम्बर १, ३, ८, १० र ११ नम्बर वडामा ल्यापटप वितरण गरेको प्रमुख बलायरले बताए ।
उनले सहरी स्वास्थ्य केन्द्रलाई प्रविधि मैत्री बनाउने लक्ष्य अनुरूप ल्यापटप वितरण गरेको र अन्य उपकरणका लागि पहल पहल भइरहेको बताए ।
Share This: