विमलले पेनाल्टी ‘मिस’ गर्दा धनगढीसँग हार्‍यो चितवन

  शुक्रबार २९, मङि्सर २०८० ०६:१४

काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लेको छ। बिहीबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे।

ओलावालले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्। पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्ने अवसर पाएको थियो।

तर, चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्न पुगे। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा धनगढीले जित निकालेको हो।

आजको जितसँगै धनगढी शीर्ष स्थानमा उक्लेको छ। धनगढीको ५ खेलबाट ११ अंक छ।  दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन पुछारबाट दोस्रो स्थानमा छ।

clock शुक्रबार २९, मङि्सर २०८० ०६:१४

प्रतिक्रिया