यू-१९ एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित

  मङ्गलबार २६, मङि्सर २०८० १४:४५

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ। नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा पूरा गरेको हो।

भारतका लागि अरसिन कुलकर्नीले ३७ र आदर्श सिंहले १३ रन बनाएका छन्। कुलकर्नीले २९ बल खेल्दै ५ छक्का र १ चौका प्रहार गरेका थिए।

दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको हो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन बनाएका थिए। यो हारसँगै नेपालको यू-१९ एसिया कपको यात्रा समाप्त भएको छ।

clock मङ्गलबार २६, मङि्सर २०८० १४:४५

प्रतिक्रिया