यू–१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल

  आइतबार २४, मङि्सर २०८० ०८:०४

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ।

 नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।

सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ। नेपाल र अफगानिस्तान यू–१९ को पछिल्लो पाँच भेटमा पाँचै पटक अफगानिस्तान विजयी भएको छ।  

आजै हुने समूह ‘ए’को अर्को खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यी दुई टोलीलाई पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल जित्नुपर्ने दबाव छ।

८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।

दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू–१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।

नेपाली टिम: देव खनाल (कप्तान), गुल्सन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, , दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

clock आइतबार २४, मङि्सर २०८० ०८:०४

प्रतिक्रिया