एलपीएलः युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

  शुक्रबार २२, मङि्सर २०८० १८:१९

धनगढी ।  कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रवार सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।

समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गरेको हो। समुह ‘ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

जितसँगै युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गरेको छ। युथ अफ टीकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सकेको हो।

युथ अफ टीकापुरका गौतम केसी बलिंगमा प्लेयर अफ द म्याच घोषित भए। यसअघि टस जितेर ब्याटिंग गरेको युथ अफ टीकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको हो। शुक्रबार भएकै दोश्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गरेको छ।

शुक्लाफाँटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो। धनगढी स्पोर्ट्स क्लबका प्रनित थापाले अविजित अर्धशतकीय इनिङ खेलेका थिए। थापा उक्त खेलमा प्लेयर अफ द म्याच समेत घोषित भएका छन्। यसअघि टस जितेर ब्याटिंग गरेको शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको हो।

clock शुक्रबार २२, मङि्सर २०८० १८:१९

प्रतिक्रिया