मुख्यमन्त्री कपको उपाधि धनगढीलाई

  शुक्रबार २२, मङि्सर २०८० ०६:५३

धनगढी । प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला व्यापी फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ । धनगढीले घोडाघोडीलाई १÷० गोल अन्तरले पराजित गरेसँगै विजेता भएको धनगढीले २ लाख १ हजार हात पा¥यो ।  प्रतियोगिताको उपबिजेता बनेको घोडाघोडी नगरपालिकाले १ लाख ५ हजार सहित ट्र्फि हात पारेको छ । 

यसै गरी प्रतियोगितामा उत्कृष्ट खेलाडी धनगढी उपमहानगरपालिका राम सिंह राना बने । उनले नगद २० हजार हात पारे । उत्कृष्ट गोल रक्षक धनगढी उपमहानगरपालिका अमानथ शेख भए । उनले १५ हजार सहित ट्रफी पाए । 

उत्कृष्ट डिफेन्डर घोडाघोडीका प्रदीप बम , सर्वाधिक गोलकर्ताको लम्की चुहा बि एस १५ का शिशिर के सी भए भने प्रतियोगिताको उदयमान खेलाडी बर्दगोरियाका भरत खडका बने । उनीहरूले पनि जनही १५ नगद प्रमाण पत्र र ट्रफी पाए ।

यसै गरी प्रतियोगितामा मैत्रीपूर्ण महिला फुटबल खेलमा गौरीगङ्गा नगरपालिकाको टिम विजेता बन्यो ।  गौरीगङ्गाले धनगढी उपमहानगरपालिकाको अल स्टार स्पोर्ट्स एकाडेमिलाई   १्० गोल अन्तरले पराजित ग¥यो । विजेता टिमले नगद २० हजार सहित ट्रफी हात पा¥यो । 

विजेता टिम तथा पुरस्कृत खेलाडीलाई पुरस्कार हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले प्रदेश सरकार खेल क्षेत्रलाई अगाडी बढाउन लागि परेको बताए ।

clock शुक्रबार २२, मङि्सर २०८० ०६:५३

प्रतिक्रिया