फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

  शुक्रबार २२, मङि्सर २०८० ०६:३९

धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गतेदेखि हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक हप्ता पछाडी सरेको हो । 

क्लबले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एक हप्ता सरेको जनाएको छ । क्लबका महासचिव ललित मिश्रले विज्ञप्ती जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिएका छन् । 

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 
 

clock शुक्रबार २२, मङि्सर २०८० ०६:३९

प्रतिक्रिया