तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

  बुधबार २०, मङि्सर २०८० ०६:३६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ ।

यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद ९साग०को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् ।

उनले आठौंदेखि ११ औं (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए ।

विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन् । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औं ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए ।

विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए ।

clock बुधबार २०, मङि्सर २०८० ०६:३६

प्रतिक्रिया