अत्तरियाका होटलमा अनैतिक काम गर्ने तीन महिलासहित ६ जना पक्राउ

  सोमबार १८, मङि्सर २०८० ०९:४५

अत्तरिया । कैलालीको अत्तरियाका होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र तीन जना पुरुष रहेका छन्।

हिजो (आइतबार) गोदावरी नगरपालिकाको वडा नम्बर २ का जनप्रतिनिधि, कर्मचारी, गोदावरी होटल व्यवसायी संघ र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी सहितको संयुक्त टोलीले गरेको अनुगमनमा अत्तरियाका होटलमा अनैतिक क्रियाकलाप हुने गरेको पाइएको हो।

पक्राउ परेकाहरुको नाम र होटलको नाम भने प्रहरीले खुलाएको छैन। सोही टोलीले अत्तरियाका ४० वटा होटलमा अनुगमन गरेको थियो।

जसमा १५ वटा होटल सञ्चालकहरुले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालन गरेको र १५ वटा होटलहरु नविकरण तथा वडामा दर्ता नभएको पाईएको प्रहरीले जनाएको छ।

clock सोमबार १८, मङि्सर २०८० ०९:४५

प्रतिक्रिया