धनगढीको तारानगरमा एक घरबाट ४ लाख नगद सहित ८ तोला सुन चोरी

  सोमबार १८, मङि्सर २०८० ०९:४०

धनगढी । धनगढी उपमहानगरपालिका ५ तारानगरमा एक घरमा ८ तोला सुनका गहना र ४ लाख नगद चोरी भएको छ । पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियको घरमा चोरी भएको हो ।

स-परिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आईतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए ।

आईतबार साझ घर पुग्दा चोरी भएको प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । उनको घरबाट सुनका गरहना ८ सुन तोला, तिन लाख नगद, ४ तोला चादी सामाग्री लगेको बताएका छन् ।

घरको ढोका तोडेर चोरी भएको बताईएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गराएर अनुसन्धान अगाडी बढाईने बताईएको छ ।

clock सोमबार १८, मङि्सर २०८० ०९:४०

प्रतिक्रिया